मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

मेची भन्सारले उठायो ८ अर्ब ८४ करोड राजस्व

देश प्रदेश डेस्क 5423+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । 

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने  लक्ष्य थियो । गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी तरकारीको आयतबाट रु ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु १५ करोड ७३ लाख २५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए । 

चालु आवको सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा रु नौ करोड २२ लाख २९ हजार र रु २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व सङ्कलन भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै