मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद

देश प्रदेश डेस्क 5473+ समाचार ( )
४ अशोज २०८३, आइतबार

झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले २३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको कार र लत्ताकपडा नियन्त्रणमा लिएको छ।मेचीनगर नगरपालिका – ७ जोरसीमल इलाकाबाट आज दिउँसो २:५० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकडभिट्टाबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 02 Y 0872 नं. को कारलाई चेकजाँच गर्दा  उक्त कारमा ३ बोरा र २० पोका लत्ताकपडा फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको कार र लत्ताकपडा आवश्यक प्रक्रियाको आज दिउँसो ३:५५ बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा भन्सार दाखिला गर्दा कारको मूल्य रु. २० लाख र लत्ताकपडाको मूल्य रु.३ लाख ३६ हजार ५ सय रुपैयाँ गरी जम्मा मुल्य रु. २३ लाख ३६ हजार ५ सय कायम भएको छ । भनि सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र बहादुर के.सि.ले जानकारी दिनु भयो ।

साथै स.प्र.ना.उ. सहायक सुचना अधिकारी जोगेन्द्र के.सीले अवैध चोरी निकासी पैठारी जन्य गतिविधि नियन्त्रण गर्न स.प्र.बल, नेपालको सक्रियता निरन्तर जारी रहेको समेत बताउनु भयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार