झापा । कलवलगुरी कृषि सहकारी संस्थाको स्थापनाकाल देखिको २० औँ र एकिकरणपछिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण प्रसाद चौलागाईको सभापतित्व तथा संस्थाका जेष्ठ शेयर सदस्य राममणि न्यौपानेको प्रमुख आतिथ्यमा आइतबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत मन्तव्य गरेको कार्यक्रममा संस्थाका अध्यक्ष चौलागाईले साङ्गठानिक,कोषाध्यक्ष मिनबहदुर कार्कीले आर्थिक र लेखा सुपरिवेक्षण समितिका संयोजक देवी प्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष ०८२/८३ मा ४३ लाख ९८ हजार ८ सय ८३ रुपैयाँको कारोबार प्रतिवेदन मार्फत उल्लेख गरिएको थियो ।
कार्यक्रममा जर्नादन न्यौपाने उत्कृष्ट कृषक, छामी हास्दा उत्कृष्ट बचत र टेकराज न्यौपानेलाइ उत्कृष्ट ऋणिमा सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट सन्तती पुरस्कारतर्फ कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने लिला आचार्य र समृद्ध गुरागाँइलाइ नगदसहित सम्मान गरिएको थियो ।
प्रस्तुत प्रतिवेदनमाथि शेयर सदस्यले उठाएका जिज्ञासालाइ संस्थाका अध्यक्ष चौलागाईले सम्बोदन गरि प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा भद्रपुर नगर कृषि शाखा प्रमुख नेत्रप्रसाद पोखरेल र संस्थाका पुर्व अध्यक्ष भिम दाहालले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव निर्माण कुमार नेपालले गरेका थिए ।
संस्थामा हाल ४८१ महिला र ४२३ पुरुष गरी ९०४ जना शेयर सदस्यको कुल पुँजी १ करोड २ लाख ५२ हजार १ सय ३५ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।