मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

सर्वसाधरणको एक अर्ब बढी ठगेर सुरुङ्गाका सुन व्यावसायी फरार

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

झापा लामो समयदेखि झापा सुरुङ्गामा सुन चादीको व्यावसाय गर्दै आएका नवराज बिमली हेमुले करिब १ अर्ब भन्दा बढी रकम ठगि गरेर वेपत्ता बनेका छन ।सुरुङ्गा बजारमा पाथिभरा सुनचादी पसल संञ्चालन गर्दै आएका बिमलीबाट ठगिनेहरुमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी देखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई सम्म ठगिमा परेका छन् । जनप्रतिनिधिहुनु भन्दा अगाडिदेखि कारोबार गर्दै आएकोले  ठगिएको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । नवराज बिमली भने गत कार्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारै वेपत्ता बनेका छन । उनीहरुबाट पीडितहुनेहरुमा हालसम्म ७० हजार रुपैँयादेखि लिएर १ करोड १३ लाख सम्म .ठगिएको बताएका छन ।उनीहरु सबैजनाले  ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्डकार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन । भने आफुहरु ठगिएको भन्दै हेमु बिमली पीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन ।

झापा गाउँपालिका वडानम्बर ६ का पुर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजविन समिति समेत गठन गरिएको छ । हालसम्म आधिकारीक रुपमा २७ करोड रुपैँयाको भने प्रमाण सहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए।

यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले  बिमली दसै लगत्तै सम्पर्क बाहिर रहेकोले उनको खोजविनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए। यस अघि झापा गौरादहमा समेत अर्का एक सुनचादी व्यावसायी सर्वसाधरणको करोडौ रुपैँया ठगि गरेर फरार भएका थिए हाल उनीहरु दम्पत्तीनै झापा जिल्ला कारागारमा रहेका छन ।
ठगिमा परिनेहरुमा अधिकांसको कानुनी आधार समेत कमजोर भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै