मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापामा छुट्टाछुट्टै स्थानमा सिटी दुर्घटनामा परि दुई जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२१ आषाढ २०८२, शनिबार

झापा /  झापाकाे छुट्टाछुट्टेै स्थानमा सिटी सफारी दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सिटी चालक मेचीनगर –११ बस्ने ३२ वर्षीय राज कडरिया र असार १५ गते दुर्घटनामा परि उपचाररत यात्रु  मेचीनगर- ७ नयाँ बसपार्क बस्ने ४० वर्षीय सुदिप राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा न.१० ढाटचोकस्थित भित्री सडकखण्डमा महामति फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र.१ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा सिटी चालक कडरिया घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा १०ः ०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सिटीमा कडरयिाबाहेक अरु सवार थिएनन् । त्यसैगरि असार १५ गते बिहान १०ः३० बजे मेचीनगर –७ पालिया टोलस्थित भित्री सडकखण्डमा पूर्वपश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे१ह ६१०५ नम्बरको सिटी आफै अनियन्त्रित भई रोडमा पल्टिएको थियो । सिटीमा सवार यात्रु  राजवंशी घाइते भएका थिए । उनीलाई बीएण्डसी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न सिटी र सिटी चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय नबिन बिश्वकर्मालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

असार महिनाको तथ्यांकलाई हेर्ने आजसम्म झापामा ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यसमा ४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ७ वटा अटो र सिटी दुर्घटना भएका छन् । सिटी दुर्घटनामा दुईजनाले ज्यान गुमाएको र ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार