मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

झापा / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साढे ७ वर्ष जेल सजायको माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार अभियोग दर्ता भएको हो । काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार साइबर ब्यूरोले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ अन्तर्गतको कसूरमा सजाय हुन माग दाबी गरिएको छ । सो उपदफाअनुसार उनलाई साढे सात वर्षको जेल सजाय हुनसक्ने व्यवस्था छ ।

उपदफा २ मा ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक–पटक गरेमा त्यस्तो कसूरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।’ उनलाई पाँच वर्ष कैद तोकिएको अवस्थामा डेढी सजायअनुसार थप साढे दुई वर्ष थपिने सम्भावना छ । उनी मङ्सिर ४ गते पक्राउ परेका थिए ।

फर्जी कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार