मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

डिल्लीराजका प्रअ गुप्तालाई विप्लप समूहद्वारा विद्यालयमा रोक

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

झापा । झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानविन नगरेसम्म विद्यालय प्रवेश गर्न नदिने विप्लप समूहको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समूह) को झापा गाउँपालिका कमिटीले विद्यायलभित्र प्रअ गुप्ताले गरेका अनियमितताको छानविन नगरेसम्म रोक लगाइएको इञ्चार्ज कुमार सिले जनाएका छन् । उनीहरुले प्रअ गुप्ताको कोठामा समेत तालावन्दी गरेका छन् ।

प्रअ गुप्ताले विद्यालयमा अपारदर्शी ढंगले काम गरेपछि यतिवेला त्यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, स्थानीयवासी सबै रुष्ट भएका छन् । पटक–पटक प्रअ गुप्तामाथि भ्रष्टाचार आरोप लाग्दा पनि छानविन नभएपछि विप्लप समूहले एक्सन लिएको हो । उनी विरुद्ध अख्तियारमा उजुरी समेत परेको छ ।

स्थानीय राजनीतिक दल, बुद्धिजीवी, जग्गादाताहरुले विद्यालयको पारदर्शीता खोजेका छन् । तर,प्रअ गुप्ताले उनीहरुको मागलाई वेवास्था गर्दै आएपछि सरोकारवालाहरु थप आक्रासित बनेका छन् ।

विद्यालयको भौतिक संरचना, दिवा खाजा लगायतमा ठुलो अनियमितता गरेको प्रअ गुप्तामाथि आरोप छ । विद्यालयमा नियमित लेखापरीक्षण नगरी काम गरेका गुप्तालाई यतिवेला चौतर्फी घेरावन्दी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार