कमल गाउँपालिका बालमैत्री पालिका घोषित

देश प्रदेश डेस्क 5096+ समाचार ( )
२० माघ २०८०, शनिबार

झापा झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ ।

कोशी प्रदेशको पहिलो गाउँपालिका तथा झापा जिल्लामा दोस्रो पालिकाको रुपमा कमल गाउँपालिका बालमैत्री घोषित भएको हो । यसअघि पहिलो पटक भद्रपुर नगरपालिका घोषणा भएको थियो । “खुशी राखौं बालबालिकाको मुहार बालमैत्री कमल समृद्धिको आधार” भन्ने नारासहित २०७७ साल फागुन १३ गते बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान सुरु भएको थियो ।

प्रदेश सरकारका केदार कार्कीले कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगशाला परिसरमा आयोजित समारोहमा सो पालिकालाई बालमैत्री घोषणा गर्दै कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।





प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार