मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

झापा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

झापा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले फैसला सुनाउँदै ११ आरोपीमध्ये १० जनालाई दोषी ठहर गरेको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो ।विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अध्यक्ष साह, पूर्वउपाध्यक्ष बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ ।

गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईंलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।

भ्रष्टाचारमा मुछिएका उपभोक्ता समितिका पदाधिकारी पनि दोषी ठहर भएका छन् । लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार ९६४ रुपैयाँ जरिवाना भएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दंगालको भने अनियमिततामा प्रस्ट मिलेमतो नदेखिएको भन्दै उनले सफाइ पाएका छन् ।

आर्थिक वर्ष ०७४/०७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो । २२ लाख ८२३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार नै विशेषले फैसला सुनाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार