झापा । इन्धनबाट चल्ने सवारी साधनले वातावरण क्षेत्रमा ठूलो नकरात्मक असर पार्दै गइरहेकोले यस प्रकारका सवारी साधनको विकल्पमा साइकल चढ्ने विकास सन्देश प्रवाह गर्न भद्रपुरमा साइकल र्याली हुने भएको छ ।
विश्व साइकल दिवस जुन ३ तथा विश्व बाताबरण दिवस जुन ५ को अवसरमा भद्रपुर साइकल समाजले साइकल र्याली गर्ने भएको हो ।
समाजको आयोजना तथा भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी बिमान स्थलबाट जेठ २० गते साइकल र्याली गर्ने निधो गरेको छ ।
मङ्गलबार बिहान ६ बजेबाट सुरु हुने साइकल र्याली कार्यक्रममा नगर प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरीका एसपी , सशस्त्र प्रहरी नम्बर २ गणका गणपति, नगरपालिकाका सबै वडाध्यक्षज्यूहरु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ,भद्रपुरका सबै सामाजिक सङ्घसंस्था प्रमुखहरु,पत्रकार लगायत साइकलप्रेमीहरुलाइ सहभागी हुन साइकल समाजले आब्हान गरेको समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
चन्द्रगढी बिमानस्थलबाट सुरु हुने र्यालीमा सम्भव भएसम्म आ–आफ्नो साइकल लिएर उपस्थित हुन हार्दिक आमन्त्रण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
जेठ १ गते कमलधाप संयुक्त धार्मिक स्थलमा वसेको पहिलो भेलाको निर्णय अनुसार ऐतिहासिक रुपमा हुने र्यालीले नगरका धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थल,सामुदायिक बनक्षेत्रसमेतमा साइकल यात्री/राइडर्सहरु साइकल संस्कृतिको विकास र विश्व बाताबरण संरक्षणको मुख्य उदेश्य लिइ गाउँ/टोलमा उपस्थित हुने हुँदा स्वागत व्यबस्थापनमा सहयोग गरि दिनुहुन उनले अनुरोध गरेका छन् ।