मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

इलाममा चोरी गर्ने र चोरीको सामान खरिद गर्ने दुईजना पक्राउ

देश प्रदेश डेस्क 5188+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

झापा / इलाममा चोरी गर्ने र चोरीको सामान खरिद गर्ने दुईजना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरुमा भारतकाे दार्जिलिङ सौरेनीका ३१ वर्षीय स्टोफन भन्ने त्रिभुवन भुजेल र इलाम सूर्योदय नगरपालिका ८ बस्ने ३७ वर्षीया कमला मगर रहेका छन् । उनीहरुलाई साउन २ गते पक्राउ गरिएको इलाम प्रहरीले जनाएको छ । प्रहरीले मगरको साथबाट १०.२५ ग्रामको सुनको ढिक्का र बिभिन्न दरका नेपाली नगद १४ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।

गत असार २८ गते दिउँसो १२ः४५ बजे इलाम नगरपालिका वडा नं. ११ सिद्दिथुम्का हुलाक डाँडास्थित मोहनचन्द्र कट्टेलको घरबाट चोरी भएको थियो । घरको मुल ढोकाबाट प्रवेश गरि कोठामा रहेको दराज फोरेर सुन, नगद लगायत अन्य सामानहरु चोरी भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय इलाममा लिखित निवेदन प्राप्त भएपछि प्रहरीले खोजतलास तथा अनुसन्धान थालेको थियो ।

त्यसक्रममा उक्त सामान चोरी गर्ने भुजेल र चोरीको सामान खरिद गर्ने सूर्योदय नगरपालिका वडा नं. ८ हिमालय टोल बस्ने होटल संचालिका मगरलाई नियन्त्रणमा लिई मगरको घरकोठा खानतलासी गर्दा चोरीका सामान फेला परेको डीएसपी मानबहादुर राईले बताए । उनले ती दुवैलाई नियन्त्रणमा लिई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार