मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

अब नेपालबाट भिजिट भिषामा दुवइ जान नपाइने

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१ अशोज २०८२, बुधवार

झापा / दुबईले नेपालीलाई भिजिट भिसाका लागि पूर्ण रूपमा बन्द गरेका कारण नेपालबाट भिजिट भिषामा दुवइ जान नपाइने भएकाे छ ।

यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाएको हो।

संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छोडेको   ट्राभल्स एण्ड टुर्सका सञ्चालकहरुकाे भनाइ छ । 

'आइतबारसम्म नेपालीका लागि कोलम राखिएको थियो। तर त्यो दिन भिसा आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको थियो। तर भारतीयहरूको भने भिसा आयो,' उनीहरुले भने, 'भिसा दिन रोक लगाइएकोबारे कुनै कारण देखाइएको छैन। तर अहिले नेपालीले आवेदन नै दिन पाउँदैनन्।'

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए। उनले अहिलेको निर्णय केही समयको लागि हुनसक्ने बताए।

दुबईले नेपालीलाई डिसेम्बरदेखि भिसा दिन बन्द जस्तै गरेको थियो। भिसा पाउने सम्भाभावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए। युएईको जुन राज्यका लागि भिसा लिए पनि सबै राज्य घुम्न पाइने भएकाले सहज भएको थियो। अब भने युएईकै लागि भिसा बन्द गरिएको  ट्राभल्स एण्ड टुर्सका सञ्चालकहरुकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार