मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुरकाे संयुक्त वडा समितिमा खगेन्द्र

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२४ आषाढ २०८१, सोमबार

झापा धर्ममाथि हुने विभिन्न प्रकारका आक्रमणलाइ मध्यनजर गर्दै झापाको भद्रपुरमा गुरु , पण्डीत, पुरोहित एकजुट हुने क्रम तीब्ररुपले अगाडि बढिरहेको छ । वैदिक सनातन धर्म संरक्षण समिति मार्फत एकजुट हुने क्रम जारी रहेको हो । यसैक्रममा भद्रपुर नगर समितिको अगुवाइमा संयुक्त वडा समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगर समितिको  आयोजनमा सोमबार भद्रपुर वडा नम्बर ५ देखी ८ सम्मको संयुक्त वडा समिति गठन गरिएको छ ।
भेलाले खगेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय संयुक्त वडा कार्यसमिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा जगन्नाथ नेपाल, सचिव गोपाल सापकोटा , सहसचिव विनोद ढकाल र कोषाध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शेखर पौडेल , रमेश पराजुली , गोपाल भट्टराई , अनिष कृष्ण भण्डारी(टंक), खगेन्द्र नेपाल र सिताराम दाहाल रहेका छन् ।
भेलामा नगर अध्यक्ष नविन भट्टराईले औचित्यमाथि प्रष्ट पारेका थिए । उनले नगरमा संस्कृत शिविरको आयोजना गर्नुपर्ने आवश्यक्ता देखिएकोले सो बारेमा समितिमा छलफल भइरहेको जनाए । अहिलेको विषम परिस्थितिमा सवै हातेमालो गर्दै एकजुट भएर अगाडि बढ्न आव्हान समेत गरे ।
 नगर अध्यक्ष भट्टराईकाे अध्यक्षातामा भएकाे कार्यक्रममा नगर उपाध्यक्ष पदमप्रसाद खतिवडाले सहजीकरण गरेका थिए भने सहसचिव उदय खनालले सञ्चालन गरेका थिए ।
 भेलामा नव निर्वाचित अध्यक्ष खगेन्द्र दाहाल र सदस्य शेखर पौडेलले समितिको काम, कर्तव्य र अधिकारका विषयमा जिज्ञासा राखेका थिए । नव निर्वाचित समितिलाइ स्वागत गर्दै नगर समितिले माइन्यूट हस्तान्तरण गरेका थिए ।

नगर समितिले भद्रपुर १ नम्बर वडादेखी ४ सम्म एकहप्ता अघि संयुक्त वडा समिति गठन गरिसकेको छ भने बाँकी रहेका ९ र १० नम्बर वडा समिति गठनका लागि  मङ्गलबार अपरान्ह् ३ बजे दुर्गापाञ्चायन मन्दिर चन्द्रगढी स्थित धनुषमोडमा भेला हुन सवैमा अनुरोध गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार