मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बिर्तामोडमा लागुऔषधसहित एक युवक पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापाको बिर्तामोड नगरपालिका–४, नयाँबारी टोलस्थित एक घरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २२ वर्षीय निजाम मिया रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्ताबजारबाट प्रहरी निरीक्षक पदम बिष्टको कमाण्डमा खटिएको टोलीले सुगन्धा मण्डलको घरमा खानतलासी गर्दा, उनले छोरा बनाई राखेका मियाको साथबाट लागुऔषध जस्तो देखिने खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीका अनुसार  मियाको खल्तीबाट प्लाष्टिकमा पोको पारिएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने लिसिलो पदार्थ ३ ग्राम १८० मिलिग्राम, र प्लाष्टिक बाहेकको अवस्थामा थप १ ग्राम ४४० मिलिग्राम फेला परेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेका मियालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको प्रहरीले जानकारी दिएको छ। घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जनाइएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै