मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

नागरिकता दुरुपयोग गरेर रकम ठग्ने झापाका दुई सहित तीन जना पक्राउ

देश प्रदेश डेस्क 5421+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

झापा सामाजिक सञ्जालबाट ठगी गर्ने झापाका दुई जनासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा झापा अर्जुनधारा ९ की ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेली, बुद्धशान्ति २ का ३५ वर्षीय निश्चल पोर्तेल र इलाम माई नगरपालिका ९ का ३४ वर्षीय धनबहादुर विकलाई नियन्त्रणमा लिएको हो । 

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अरूको नागरिकता दुरुपयोग गरेर रकम ठग्दै आएका  अरूको नागरिकता दुरुपयोग गरी ह्वाट्स एप, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरेर उनीहरूले विगत दुई वर्षयता ठग्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरूले सामाजिक सञ्जालहरूबाट सम्पर्क गरी ‘तपाईँको नाममा पार्सल, डलर लगायतका बहुमूल्य सामानहरू आएको छ, उक्त सामान प्राप्त गर्नको लागि तपाईँले भन्सार चार्ज तिर्नुपर्ने हुन्छ, उक्त भन्सार चार्ज नेपालका विभिन्न बैङ्कहरूको खातामा जम्मा गर्नुपर्छ’ भन्ने विभिन्न किसिमका आश्वासन देखाई पटक पटक रकम जम्मा गर्न लगाएर ठग्दै आएका अनुसन्धानबाट देखिएको छ ।
पौडेलीले रश्मि विश्वकर्मा लगायत अन्य व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैङ्कमा खाता खोलेको, आफू अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेको अनुसन्धान कार्यालयले जनाएको छ । पौडेलीका पति निश्चल पोर्तेलले निशान्त शर्माको नाममा भारतीय आधार कार्ड समेत लिएको र उनीहरूले हालसम्म ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जनाकारी दिए ।

 प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नागरिकता ६ थान, प्रयोग भएको एनसेलको सिम कार्ड १४ थान, प्रयोग नभएको सिम कार्ड १२ थान, प्रयोग भएको भारतीय सिम कार्ड एउटा, विभिन्न बैङ्कका एटिएम कार्ड ८ थान, चेकबुक ११ थान, मोबाइल ६ थान, रकम जम्मा गरेको भौचर १८ थान लगायत सामग्री बरामद गरेका जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै