मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |
मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |


साविक मेची अञ्चलकै पहिलो हूय्मपाइप उद्योग स्थापना गर्ने उद्यमी थापा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

झापा झापामा रहेर साविक मेची अञ्चलकै पहिलो हूय्मपाइप उद्योग स्थापना गर्ने एक पुराना उद्यमी आजपनि अनवरत रुपमा सक्रिय छन् । वि.सं. २००७ साल कात्तिक ४ मा इलाम तिलकेनीमा जन्मिएर वि.सं.२०२० सालमा झापा भद्रपुर १० देउनियाका ७४ बर्षिय गोपालबहादुर थापा पूर्वकै एक पुराना उद्यमीको रुपमा परिचत छन् ।
 माध्यमिक तहसम्मको अध्ययन गरेका उद्यमी थापा २०५० सालदेखि प्रवन्ध निर्देशक भइ मैनाचुली हूय्मपाइप उद्योग स्थापना गरी एक सफल उद्यमीमा स्थापित देखिएका छन् । तत्कालिन मोहमद शखावतले देउनिया(हाल उद्योग स्थापना भएको स्थान)मा हातबाट नै हूय्मपाइप निर्माण गर्दै गरेको देखेपछि अध्ययनकै क्रममा थापाले उनको कामप्रति चासो देखाएका थिए । उ बेलमा हूय्मपाइपको माग अध्याधिक भएपछि मोहमदकै सल्लाहमा मेशिन मार्फत उत्पादन बढाउन एक विगाह जमिनमा २० लाख रुपैयाँको लागतमा साझेदारी उद्योग स्थापना गरिएको थापा बताउँछन् । जुन समयमा सडकको पूर्वाधार नहुँदा साविकको मेची अञ्चलसहित कोशीका पनि केही जिल्लामा प्रयोग हुने गरेको उनी बताउँछन् । त्यो बेलामा माग भएजति पाइप पुर्याउन धौ–धौ हुने गरेको उनी सम्झिन्छन् ।
पाइम निर्माणका लागि आवश्यक कच्चा पदार्थ झापा , विराटनगर,उदयपुर र भारतबाट समेत ल्याउँदै आएको उनको भनाइ छ । उद्योग स्थापनासँगै नेपालमा देखिएको १० बर्षे आन्दोलनका समयमा चन्दा आतङ्कबाट पीडित बनाएको उनी सम्झन्छन् । आन्दोलनपछि २०६५ मा आएको बाढीका कारण डुवानमा परी उद्योगमा लाखाैँ रूपैयाँ क्षति भएपनि सरकारबाट क्षतिपूर्ति रकम नपाउँदा झनै धरायसी बन्न पुगेको विगतलाइ उनले सम्झिए । उद्योगमा नै मन जान थालेपछि पुनः२०७० सालमा जिवीका नामको उद्योगबाट तारजालीको निर्माण शुरु गरिएको उनको भनाइ छ । उठन लागेको उद्योग पुनः २०७४ सालमा स्थानीय तहमा परिणत भएपछि धमाधम सोही प्रकारका उद्योग स्थापनाको क्रममा हाल मैनाचुली बाहेक पाँचवटा उद्योग सञ्चालनमा रहेको उनले बताए । अन्य उद्योग स्थापना भइसकेपछि बजारमा प्रतिस्पध्रा बढेको उनको भनाइ छ । स्थानीय तहले हूय्मपाइलाइ विस्थापित गर्दै कल्र्भट र स्लाव निर्माम तर्फ लगानी गरेपछि उद्योगको कारोबारमा क्रमश गिरावट हुन थालेको उनको भनाइ छ । केही वर्ष चल्दै गरेकोे उद्योग विश्वव्यापी फैलिएको कोरोना महामारीले थङ्थिलो बनाएको उनले बताए । पाइपको माग विगत पाँच बर्षयताबाट घट्दाे रुपमा आएको उनले बताए । कोरोना महामारीभन्दा अघि सन्तोषजनक देखिएपनि हाल बार्षिक डेढ करोडको कारोबार हुदै आएको उद्योगमा एक करोड ४० लाख खर्च हुदै आइरहेको उनी बताउँछन् । माग अनुसार जतिपनि उत्पादन गर्न सकिने उनले बताए । पुरानो उद्योग भएकोले हालपनि आवश्यक परेको बखत जिल्ला बाहिरबाट पनि माग आउँने गरेको उनको भनाइ छ । शुरुमा भारतको दिल्लीबाट मगाइएका मुख्य प्राविधिक र हाल सोही उद्योगमा कार्यरत कर्मचारी नै प्राविधिक बनेपनि केही प्राविधिकमात्र सप्तरी जिल्लाबाट मगाएर सञ्चालन गरिरहेको उनको भनाइ छ । परिवारको पूर्ण सहयोग रहेको यस उद्योगमा मेशिनसँगै हाल ३० जनाले रोजगारी पाइरहेको उनले बताए ।


पछिल्लो समय पाइपको मागमा गिरावट र कामदार पनि नपाउने भएकोले दीर्घकालिन रुपमा सञ्चालन गर्न समस्या हुदै आएको उनको भनाइ छ । उद्योगमा स्थानीय देखि केन्द्रसममका सरकारले उद्योगतर्फ उत्प्रेरणा नदेखाएको उनले गुनासो गरे । सरकारले उद्योगलाइ प्रर्बद्धन नगर्नु र देशमा सही नेतृत्व मार्फत स्थायी सरकार नबनेका कारण उद्योगहरु पलायन हुने र लगानी गर्न मन नलाग्ने उनको भनाइ छ । तत्काल सडक अबरुद्ध भयो भने अल्पकालिन रुपमा पाइपको माग आउने उनले बताए । अर्कोतर्फ स्थानीय पालिकामा एउटै कर्मचारी बर्षौदेखि बसिरहदा काम गर्न समस्या भएको उनको गुनासो छ । सामान खरिद गरेपनि समयमा भूत्तानी नहुँदा उद्योग सञ्चालनमा कठिनाइ हुने गरेको उनी बताउँछन् । कर्मचारीलाइ अन्तरपालिका भएपनि सरुवा गराएर स्थानीय तहमा हुने गरेको वेथिति अन्त्य गर्नुपर्ने उनको माग छ । विगत ३० बर्षदेखि सञ्चालन हुदै आइरहेको उद्योगको दक्षतालाइ हेरेर सिल्भर र गोल्डेन अवार्ड पाइसकेको उनी बताउँछन् । निर्माण व्यवसायी झापाको अध्यक्ष भइसकेका थापा हाल प्रदेश महासङ्घको मानार्थ सदस्य छन् । तीन दर्जनभन्दा बढी सङ्संस्थाबाट सम्मानित भइसकेका थापा उद्योग सञ्चालनसँगै विभिन्न संस्थाहरुको मुख्य जिम्मेवारीमा रहेका छन् ।
उद्योगमा उनका छोरा अर्जुनले व्यवस्थापकिय भूमिका निर्वाह गर्दै बावुको पेसालाइ निरन्तरता दिइरहेका छन् । वि.सं. २०२९ सालमा विवाह बन्धनमा बाधिएका थापाका दुइ छोरा, दुइ छोरी र ६ जना नाति नातिना रहेका छन् । सञ्चारमैत्री रहेका थापा सञ्चार क्षेत्रको नजरमा सालिन र सहयोगी देखिएका छन् । उद्योगी भएपनि सामाजिक क्षेत्रमा र दिन दुःखीलाइ निःशुल्क सेवा पुर्याउदै आइरहेको विभिन्न घटनाले पुष्टि गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार