मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कुवेतमा मृत्यु भएका तीनै जनाको शव नेपाल पठाइने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
साङ्केतिक तस्विर
१ चैत्र २०८०, बिहीबार

 कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल पठाइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल पठाउन लागिएको हो ।

कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो 

भर्याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव पोष्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोष्टमार्टमपछि शवहरू नेपाल पठाइने दूतावासले जनाएको छ ।

उक्त घटनाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले समेत जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावाससँग मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

मन्त्री अर्यालले मृतकको शव नेपाल ल्याउन दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन समेत दिए । मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया समेत अघि बढाउन भनेका हुन् ।

बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको कुवेती प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती महाबुल्लास्थित साथी सुरतलाई भेट्न गएका थिए । मंगरबार बिहान रूम फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार