मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

झापा जिल्ला अदालतमा न्यायकी देवीको प्रतिमा अनावरण

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२९ पौष २०८०, आइतबार

झापा झापामा न्यायकी देवीको प्रतिमा अनावरण गरिएको छ । झापा जिल्ला अदालतको परिसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रतिमा अनावरण गरिएको हो ।
उच्च अदालत विराटनगर,इलाम इजलाशका मुख्य न्यायाधीश किरण पौडेल, जिल्लाका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत ,दानबिर दिनबन्धु गोयल लगायतले संयुक्त रुपमा प्रतिमाको अनावरण गरेका थिए ।
प्रतिमा अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले न्याय भनेको  न्यायाधीशको मात्र नभइ बार, सरकारी वकिल पनि सगै जोडिएको  बताए । यतिमात्र नभइ न्यायका देवीलाइ अगाडी राखेर सवै समुदायका बिचमा समन्वय गरेर साच्चैकै र वास्तविक न्याय प्रदान गर्न सकियोस भन्ने धारणा राखेका थिए ।
  कार्यक्रममा दाता दिनबन्धु गोयल र निर्माण कर्ता अभिषेक तिम्सिनालाइ सम्मान  गरिएको थियो ।
 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, झापा बार एकाइका अध्यक्ष  नारायणप्रसाद भट्टराइ, दाता दिनबन्धु गोयलले न्याय सम्पादनका विषयमा आ–आप्mनो धारणा राखेका थिए ।  
कार्यक्रमका अध्यक्ष एवम प्रमुख जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले उपस्थित सवैलाइ धन्यबाद दिएका थिए ।

अदालतका श्रेस्तेदार किरण केसीले  औचित्यमाथि प्रष्ट पारेको कार्यक्रममा उच्च अदालत विराटनगर,इलाम इजलाशका न्यायाधीश ऋषिराज भण्डारी,बरिष्ठ अधिवक्ताहरु,कानून व्यवसायी , जिल्ला न्यायधिवक्ता , कर्मचारी लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत गायत्री बाह्रकोटीले गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार