मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

दुईवटा बस एकआपसमा ठाेक्किदाँ ११ जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

झापा / भारतमा तामिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस एकआपसमा ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेकाे भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । ती बसहरु यति तीव्र गतिमा थिए कि अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए ।

स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो ।

सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो ।

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा आफू गहिरो पीडामा भएको उल्लेख गरेका छन् । स्टालिनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पुलिसले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार दुर्घटना तीव्र गति र सडकको मोडका कारण हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार