मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

मात्र ६ लाख रुपैयाँमा निर्माण गर्न सकिने घरका नमुनाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।
पुस १२ गतेदेखि घर निर्माण फेस्ट, सस्ताेमै घर निर्माण

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१० पौष २०८२, बिहीबार

झापा / दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को सम्पूर्ण तयारी पूरा भएकाे छ ।

घर निर्माण फाउण्डेसनले आज गरेकाे पत्रकार सम्मेलनमा पुस १२ देखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा गर्ने लागेको  घर निर्माण फेस्टको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान र गुणस्तरीय सामग्रीसँग जोड्ने उद्देश्यका साथ घर निर्माण फेस्ट २०८२ आयोजना हुने लागेको आयोजकले जनाएको छ।

मेलाले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको छ। फेस्टको मुख्य आकर्षणको रूपमा मात्र ६ लाख रुपैयाँमा निर्माण गर्न सकिने घरका नमुनाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। मेलामा कमाउने घर, अर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउस जस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाबारे जानकारी दिइनेछ ।

प्रदर्शनीमा २ सय करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। यस पटकको फेस्टलाई ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शनका साथै जस्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठुलो ढाका टोपी प्रदर्शनी समेत गरिने विज्ञप्तिमा उल्लेख छ । यसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

युवा पुस्ता र विद्यार्थीहरूको सीपलाई प्रोत्साहन गर्न मेलामा ५० भन्दा बढी कलेजका विद्यार्थीहरूबिच मोडल प्रतियोगिता आयोजना गरिनेछ । यसले भविष्यका इन्जिनियर र आर्किटेक्टहरूलाई व्यवहारिक अनुभव प्रदान गर्ने विश्वास आयोजकको छ।

मेलाको पहिलो र दोस्रो दिन घर नक्सा र राम्रो र बलियो घर विषयमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो दिन जे गर्छु नेपालमै गर्छु विषयक अन्तरक्रिया आयोजना गरिनेछ। मेला अवधिभर दैनिक ४० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार