मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

क्षणभरमै अस्ताए तीन बालबालिका

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

झापा । मोरङ बूढीगङ्गा गाउँपालिका–४ प्रगतिटोलमा एकै परिवारका दुईसहित तीनजना बालबालिकाको ज्यान गएको छ ।

सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडक–खण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुङ्गा बोकेको आर.जे. २९ जीबी १५६१ नम्बरको लरीमा लोड भएको ढुङ्गा नहरसँगै जोडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा तीन जनाको मृत्यु भएको हो । उनको चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सात वर्षीया रिया खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मृतक इसिता र निशान्त ५५ वर्षीय ज्योतिका जुम्ल्याहा छोराछोरी हुन् । ज्योति पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दाजुबहिनी घरको प्यासेजमा खेलिरहेका थिए । अर्की बालिका खवास भने पसलमा बाबुसँग सामान किन्न पुगेकी थिइन् । शुक्रबार बिहान करिब साढे ७ बजे ज्योतिका जुम्ल्याहा छोराछोरी घरमै रहेको किराना पसलअगाडि खेलिरहेका थिए । उनका घर नहरको सडकसँगै जोडिएको छ । नहरको सडकमा कालोपत्रे गर्नका लागि गिट्टी बिछ्याइएको थियो । साँघुरो सडकमा २४ सै घण्टा सवारी साधन कुदिरहन्थे । शुक्रबार बिहान करिब साढे ७ बजे आर.जे. २९ जी.बी. १५६१ नम्बरको लरी कोशी राजमार्गको नेमुवाबाट कोयलपुरतर्फ जाँदै थियो । स्तरोन्नति भइरहेको सडकमा अप्ठ्यारो गरी आउँदै गरेको लरी अधिकारीको घरअगाडि आइपुगेपछि पल्टियो । लरी पल्टिँदा डालीमा लोड गरिएको ठूला मार्बल ढुङ्गाले तीनजना बालबालिकालाई किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँच घण्टापछि घाइतेको उद्धार

दुई टनभन्दा ठूल्ठूला ढुङ्गाले किचेपछि तीनजना बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने बुबा ज्योति चाहिँ घाइते भएका थिए । उनको खुट्टामा ढुङ्गाले किचेको थियो । करिब ५ घण्टापछि उद्धार गरी विराट मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बिहान साढे ७ बजे ढुङ्गाले दाहिने खुट्टा थिचिएका उनलाई तीनवटा क्रेनको सहयोगले १ बजे उद्धार गरेर अस्पतालमा उपचारका लागि लगिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए । ‘उद्धारमा समय लागेपछि घाइतेलाई घटनास्थलमै अक्सिजन लगाएर राखिएको थियो । अक्सिजनको कमी नहोस् भन्नका लागि चिकित्सकको सल्लाहमा अक्सिजन दिएर राखिएको थियो’–उनले भने ।

बाबुकै अगाडि अस्ताए
ज्योति र आशाको १८ वर्षपछि आइबिएफ गरेर जुम्ल्याहा सन्तान भएका थिए । इसिता र निशान्त बूढीगङ्गामा रहेको स्मृति बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत थिए । रिहा कक्षा १ मा सरस्वती स्कुलमा अध्ययनरत थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार