मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाका सिडिओ बास्तोलाको सरुवा, अधिकारी आउँदै

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ पौष २०८१, सोमबार

झापा झापाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) बन्धुप्रसाद बास्तोलाको सरुवा भएको छ।

गृह मन्त्रालयले सोमबार निकालेको सरुवाको सूचीमा उनी पनि परेका हुन्। उनलाई गृह मन्त्रालयमा खटाइएकोे छ।
झापामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई खटाइएको छ।

सरकारले सात जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित १२ अधिकारीहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौं,झापा, कैलाली, सुनसरीलगायत जिल्लाका सिडिओहरूको सरुवा गरेको हो।

काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई सुनसरी, सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय, मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय र सल्यानका सिडिओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै गृह मन्त्रालयका सहसचिव गोगनबहादुर श्रेष्ठलाई कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सिडिओ, इन्द्रदेव यादवलाई मोरङको सिडिओ र ऋषिराम तिवारीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ। त्यस्तै दाङका सहायक सिडिओ सावित्रा पुनलाई सल्यानको सिडिओमा सरुवा गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार