नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ ।
उनीमाथि गएराति कुटपिट तथा चक्कु प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनामा संलग्न तीनजना पक्राउ परेका छन् ।
यता नेपाल पत्रकार महासंघका विभिन्न शाखाले चक्कु प्रहारमा संलग्नलाई कारबाही गर्न माग गरिरहेका छन् ।