मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


राजवंशी झुन्डिएकाे विषयमा छानबिन गरिने

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

झापा मेलमिलाप समितिकै दबाबका कारण भद्रपुर नगरपालिका-८ का ६८ वर्षीय वृद्ध गेल राजवंशीले झुन्डिएर आत्महत्या गरेको विषयमा छानविन हुने  भएकाे छ । मृतकका आफन्तजन र स्थानीय सरकारबीच सात बुँदे सहमति भएको हाे ।

मृतक र स्थानीय सरकारबीच मंगलबार भएकाे सात बुँदे सहमतिमा गत असार ५ गते मेलमिलाप समितिमा परेको निवेदन आफ्नो क्षेत्राधिकारसँग सम्बन्धित हो वा होइन र दर्ता भएको निवेदनलाई मध्यनजर गरी उत्पन्न समस्याको छानबिन गर्न प्रहरी प्रशासनसँग सहयोग माग गर्ने, सो घटनाको यथार्थ छानबिन कार्यमा भद्रपुर नगरपालिका, वडा कार्यालय लगायत सम्बन्धित सबै पक्षले सहयोग गर्ने, मृतकका परिवारलाई काजक्रियाका लागि नगरपालिकाले २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने साथै क्षतिपूर्तिका सम्बन्धमा उक्त घटनाको छानबिनमा सहयोग गर्न बनेको समिति तथा भद्रपुर नगरपालिका समेतसँग आवश्यक छलफल गरी नियम अनुसारको राहत नगरपालिकाबाट उपलब्ध गराउने, पीडित महिला र उनको गर्भमा रहेको बच्चासमेतको सुरक्षालगायत खान बस्नको लागि व्यवस्था सम्बन्धमा प्रहरी प्रशासन, सरोकारवाला परिवार समेतसँग छलफल सल्लाह गरी भद्रपुर नगरपालिकाबाट सञ्चालित सेफ हाउस वा अन्य उपयुक्त संस्थामा व्यवस्थापन गर्ने र मृतक राजवंशीको आत्महत्यासँग सम्बन्धित विषयमा छानबिनमा सहयोग गर्न पुकार राजवंशी, असारु राजवंशी, पवन राजवंशी, सन्तोष राजवंशी, बन्धु कार्की, मन्दिप राजवंशी, वसन्त राजवंशी, गीता मेचे, अभिषेक ढुङ्गाना र गौरव सुब्बा रहेको सहयोग समिति गठन गरिएको छ ।  त्यस्तै वडा नम्बर ८ को मौजुदा मेलमिलाप समितिलाई न्यायिक समिति ऐन २०७५ बमोजिम नगरपालिकाबाट तत्काल कारबाही अगाडि बढाउने विषयमा सहमति भएको हो ।सहमति पछि उनीहरूले शव उठाएर राती नै देउनियाँ खोला लगेर दाहसंस्कार गरेका थिए ।

समितिका सुरज रेग्मीसहित पदाधिकारीहरूलाई कानुनी कारबाहीका माग गर्दै मृतकका आफन्तजनहरूले भद्रपुर ८ नम्बर वडा कार्यालय परिसरमा मंगलबार दिउँसो शव राखेर विरोध प्रदर्शन गरेका थिए । करिब चार घण्टासम्म विरोध प्रदर्शनमा उत्रिएका मृतकका आफन्तजनहरूले मेलमिलाप समितिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । 

उक्त छलफलमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की , वडाध्यक्षहरू गौरव सुब्बा, हंशधर राजवंशी, बन्ध कार्की, मृतकका साला विष्णु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

घटना विवरण अनुसार भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले विष्ट थरको घरमा बसोबास गर्दै आइरहेकी अविवाहित तथा मानसिक सन्तुलन ठिक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा भद्रपुर–८ स्थित भद्रशिव मन्दिरनजिकै बसोबास गर्ने गेल राजवंशीले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेका थिए । उनको शव पोस्टमार्टमको लागि धरान पठाइएको थियो । पोस्टमार्टमपछि ल्याइएको शव आफन्तहरूले वडा कार्यालयमा ल्याएर प्रदर्शन गरेका हुन् ।मेलमिलाप समितिका पदाधिकारीहरूले सिधासाधा तथा निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गर्नु परेको छोरा पर्वलाल राजवंशीले आरोप लगाएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार