मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

प्रदेश संरचना नेता पाल्ने र राज्य कोष दोहन गर्ने माध्यम बन्यो - रवि लामिछाने

देश प्रदेश डेस्क 5164+ समाचार ( )
७ पौष २०८०, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन् ।

शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले प्रदेश संरचना बेढंगको भएको बताए ।

‘प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन । यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ’, लामिछानेले भने ।

प्रदेशले केही नेता र उनीहरुका आफन्तलाई जागिर दिने काम गरेको भन्दै उनले भने, ‘सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चन्छन् तर यसले नतिजा दिँदैन ।’

प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ भनेर एक पटक होइन आफूले धेरै पटक भनेको उनको जिकिर छ ।

सुशासनका सन्दर्भमा रास्वपा निर्मम हुनुपर्ने भन्दै लामिछानेले अहिलेको सरकारले जस्तो भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताए ।

‘मैले गल्ती गरेको छु भने कुनै आयोग गठन गर्नुपर्दैन, च्याप समाउने, हालिहाल्ने, प्रमाण जुटाउने’, लामिछानेले भने, ‘जो सुकै होस् । पछिमात्रै हेर्ने, ए मेरै मान्छे परेछ भन्ने ।’

रास्वपाले भ्रष्टाचारीलाई बचायो भने सबैभन्दा पहिले पार्टी सदस्यले आफ्नो सदस्यता च्यातेर खबरदारी गर्नुपर्ने सभापति लामिछानेले बताए ।

‘हामी कसैबाट अपरदर्शी चन्दा लिँदैनौं । व्यापारी साथीहरु हामीसँग कत्ति पनि नआत्तिनुहोला, तपाईंहरुले चन्दा दिनुपर्दैन’, लामिछानेले भने, ‘कसैले रास्वपाबाट चन्दा लिन आएछ भने भन्नुस्, ७२ घन्टा होइन ४० घन्टामा कारबाही गर्छु ।’

रास्वपाले पोखरा जिरो किलोमिटरमा मासिक ३६ हजार रुपैयाँ भाडा तिर्ने गरी गत भदौमा प्रदेश कार्यालयका रुपमा ‘घन्टी घर’ प्रयोग गर्दै आएको थियो । उक्त भवनको शनिबार सभापति लामिछानेले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार