मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै

देश प्रदेश डेस्क 5189+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

  पर्यटकीय  एवम्  धार्मिक स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब ३  घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् ।

महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी २००० बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार