मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

भद्रपुरमा श्री कृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

भद्रपुर नगरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रा यो वर्षपनि सभ्य र भव्य तरिकाले सम्पन्न गरिने भएको छ । विगत २१ वर्षदेखि झापाको सदरमुकाम भद्रपुरमा मनाइँदै आइरहेको भगवान् श्री कृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको  आयोजकले जनाएको हो ।
विगतका वर्षमा काठको पाङ्ग्रा भएको जीर्ण रथका कारण यात्रामा कठिनाइ भएपछि नगरले दुइ वर्ष यताबाट टायरको पाङ्ग्रासहित फलामले बनाइएको नयाँ रथ सञ्चालनमा ल्याएपछि यसको रौनक बढेर गएको भगवान श्री कृष्ण रथयात्रा उत्सव समितिले जनाएको छ । आयोजक समितिले दिएको जानकारी अनुसार विहीबार बिहान ११ बजे नगरप्रमुख गणेश पोखरेलले पूजापाठ गरेर भद्रपुर स्थित लक्ष्मीनारायण मन्दिरबाट रथयात्रा शुरु हुनेछ  । योबर्ष आपगाछी, ज्ञानेचोक, झापा चौक, भानुचौक, सङ्गम, सगरमाथा, गायत्री मन्दिर , किरात कोलनी , चन्द्रगढीको ट्रेड यूनियन चौक लेखनाथ चोक हुदै एसपी माोड, क्याम्पस मोड, प्रादेशिक अस्पताल, गणेश मन्दिर जनता चौक हुदै पुनः भद्रपुरको लक्ष्मीनारायण मन्दिर पुगेर लाखेको बधगरी सम्पन्न हुने समितिका सचिव सञ्जय घोषले जानकारी दिए । यात्रमा विभिन्न सङघ संस्था,उद्योगी,व्यवसायी,स्थानीय, धर्मानुरागी लगायतले रथको पूजा गर्दै सर्वत वितरण गर्ने कार्यक्रम रहेको उनले जनाए ।
नगरका धार्मिक व्यक्तित्व, समाजसेवी, नगरवासी, उद्योगी, व्यापारी र राजनीति दलको प्रयासमा तत्कालिन वसन्त तुलाधरको अध्यक्षतामा समिति गठन गरी वि.सं. २०५९ सालमा काठको पाङ्ग्रा भएको रथ बनाएर भद्रपुरमा पहिलो पटक रथयात्रा सञ्चालन गरेको इतिहास छ । एकलाख एक हजार चन्दा सङ्कलन गरी सुरुवात गरिएको रथ जीर्ण बनेपछि समितिले हरेक वर्ष जीर्ण रथलाई मर्मत सम्भार गरी सञ्चालन गर्दै आइरहेका थिए । नयाँरथ बनाउनका लागि नगरपालिकाले दुइवर्ष अघि १० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । नेपालमा रथ बनाउन खर्च बढी लाग्ने भएपछि भारतको सिलगुढीमा बनाएको थियो । जन्माष्टमीदेखि रथयात्रा सञ्चालन गर्न लाग्ने खर्च विभिन्न दाताबाट सङ्कलन गर्दै आइरहेको समितिका अध्यक्ष किरण भारतीले बताए । नगरको पहिचान र गौरव बन्दै गइरहेको रथयात्रालाई भव्यता दिन यसबर्षदेखि नयाँ समिति बनाएर लागि परेको उनले जानकारी दिए । रथ यात्रामा विभिन्न प्रकारका इतिहास झल्किने झाँकीसहित जातजातीका भेषभुषा प्रर्दशनी हुने उनले बताए । यात्रालाइ सफल बनाउन सम्पूर्ण सुरक्षा निकाय,स्वम सेवक परिचालन हुने उनले बताए ।
कार्यक्रम सम्पन्न पश्चात रथयात्राको आय–व्ययसमेत सार्वजनिक गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार