मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

डोमालालको परिवारलाई झापा गोल्डकपद्वारा एक लाख सहयोग

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

झापा ।  डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई  एक लाख रुपैयाँ सहयोग गरेको छ ।  डोमालाल राजवंशी रंगशालामा  आजदेखि शुरु भएको छैटौँ झापा गोल्डकपको  उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई झापा गोल्डकपले साे नगद प्रदान गरिएको हो ।

समाजसेवी विवेक प्रसाईँ र सङ्गीता प्रसाईँद्वारा उपलब्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको  जानकारी दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए । 

 गत फागुन ८ गते  राजवंशी विकास प्रतिष्ठानको  अगुवाइमा दाता डोमालाल राजवंशीको परिवारको निम्न अवस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनु पर्नेलगायतका माग गरिएको थियो । स्वर्गीय डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा प्रतिष्ठानले झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चार बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा  जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशीले दिएको जग्गामा करोडौँको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अवस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने , डोमालाल राजवंशी रङ्गशालासँग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरूमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरूकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग  उल्लेख गरिएको थियो  । 

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिब १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालको परिवारले मजदुरी गरी गुजारा गरिरहेका छन् ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार