मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा    स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा झापाको मेचीनगरमा  दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर –७ बस्ने २५ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडी सवार भारत किसनगंज गलगलिया बस्ने ३३ वर्षीय अजय माझी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

प्रहरीले दिएकाे विवरण अनुसार आज साँझ ५.२० बजे मेचीनगर –९ गोमनसरी सिमेन्ट फ्याक्ट्रीनजिक भित्री पक्की सडक खण्डमा सतिघट्टाबाट इटाभट्टातर्फ आउँदै गरेको होलिबेल बोडिङ स्कुलको मे १ क ३९१ न.को बस र विपरित दिशाबाट जाँदै गरेको मे.९.प.९००४ न.को २०० सीसीको एनएस मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । माेटरसाइकल सवार दुवैजना  गम्भीर घाइते भएका थिए ।  उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा साँझ ५;५० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकहरुको शव सोही अस्पतालमा नै रहेको छ ।बस चालक मेचीनगर – ११ बस्ने ४२ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।दुबै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै