मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कांग्रेसले देशमा द्वन्द्व र मुठभेडको अवस्था चाहेको छ: बर्तौला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

झापा ।  नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले याे देशमा कांग्रेसले द्वन्द्व र मुठभेडको अवस्था चाहेको बताएका छन् ।सहकारीको बचत अपचलन, दुरूपयोग र ठगीको विषय निरूपण गर्न छलफल बाक्लिँदै जाँदा सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच झन् तनाब चुलिएको छ।

कांग्रेसले गिरिबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी करार गर्न खोजेको भन्दै एमालेले आपत्ति जनाएकाे छ।

कांग्रेसले त्यो विषय लिखित माफी नमागेसम्म नपारी ऊसँगका संवाद, छलफल र समझदारीको कुनै अर्थ नहुने जानकारी दिए।

‘कांग्रेस संवाद, सहमति गर्न चाहिरहेको छैन। बरू ऊ द्वन्द्व, तनाब, मुठभेडको अवस्था चाहन्छ भन्ने कुराको औपचारिक अभिव्यक्ति महामन्त्री विश्वप्रकाश शर्माले दिइसकेका छन्,’ बर्तौलाले भने।

संसदीय समिति बनाउने सहमतिपछि पनि सदनको अवरोधलाई कायमै राख्ने र पार्टी अध्यक्षमाथि निराधार, तथ्यहीन आरोप लगाउनको निहित उद्देश्य के हो भनेर कांग्रेसले प्रष्ट पार्नुपर्ने बर्तौलाको भनाइ छ।

सत्तापक्ष जिम्मेवार भएर संवाद र सहमतितर्फ अग्रसर भइरहँदा कांग्रेसले सभामुखविरूद्ध महाभियोगको विषय अघि सारेको बर्ताैलाले बताए।

‘यी सबै घटनाक्रमबाट कांग्रेसले सहमति चाहिरहेको छैन भन्ने प्रष्ट हुन्छ। त्यसकारण उसले आफ्नो उद्देश्य प्रष्ट पारोस्। उसले द्वन्द्व र मुठभेडको अवस्था नै निम्त्याउन खोजेको हो भने राजनीतिक प्रतिवादका लागि एमाले तयार छ। यी विषय प्रष्ट नपारी ऊसँगको संवादको कुनै अर्थ छैन,’ बर्तौलाले भने।

सोमबारको बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद जीवन परियारले एमाले सहमतिका लागि तयार नरहेको बताएका थिए।

प्रधानमन्त्रीले सहमतिका लागि सत्तापक्ष र प्रतिपक्षसँग औपचारिक, औपचारिक छलफल गरिरहेको, सहकारीको बचत अपचलनको विषय निरूपणका लागि संवेदनशील भइरहँदा समग्र सत्तापक्षको भूमिका त्यस्तो नदेखिको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीको उद्देश्य आज साँझसम्म जसरी हुन्छ सदनको गतिरोध अन्त्य गर्ने छ। प्रधानमन्त्रीको जुन पहलकदमी छ, त्यो उपयुक्त छ। समग्र सत्तापक्षको चाहिँ सोचेजस्तो समस्या समाधान गर्नेतर्फ भन्दा पनि यो समस्यालाई अल्झाइरहने देखिन्छ, त्यसप्रति हामी सशंकित छौं।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार