साङ्केतिक तस्वीर
झापा । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख तथा प्रहरी निरीक्षक युवराज कटवाल माथि आक्रमण भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको संख्यामा रहेको युवाहरूको समूहले प्रहरी निरीक्षक कटवाल माथि सांघातिक आक्रमण गरेको हो । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ ।
तीनजनाको संख्यामा मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक कटवाल नेतृत्वकाे टाेलीले राजमार्गमा रोकी सम्झाउने क्रममा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।
बन्चराे प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवालको उपचारकाे लागी
झापाको बिर्तामोड स्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ । प्रहरीलाई
आक्रमण गर्ने युवाहरूको समूह फरार भए पनि इलाका प्रहरी कार्यालय
झिलिझलेबाट तत्काल खटिएको प्रहरी टोलीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन । थप विवरण आउन बाँकी