मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

दमकमा ओलीलाई कालो झन्डा देखाउने ११ जना पहिचानवादी पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालो झन्डा देखाउने ११ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आज दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरुले ओलीलाई कालो झन्डा देखाउनुका साथै चर्को नारावाजी गरेका थिए । त्यसक्रममा प्रहरीले ११ जना पहिचानवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एल पी पालुङवा , केदार धिमाल , मातृका धिमाल , गंगा राई शेर्मा , बिक्रम वनेम राई , याम लोरिङ्देनलगायत रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

आजै बिहान ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए । मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न कार्यक्रमस्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका थिए । सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार