मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

निन्दा खोलाको छठ पूजाको सम्पूर्ण तयारी पुरा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

झापा धुलाबारी छठ पूजा समितिले निन्दा खोलाको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।

आज समितिले धुलाबारी स्थित रामघाटको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो ।

धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलाको यसवर्षको छठ पूजाका लागि ३०० भन्दा बढि घाट (टेण्ट) बनाएर त्यसमा चाहिने सम्पूर्ण सामानको तयारी पुरा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

छठ पूजा समितिका पूर्व अध्यक्ष शिवशंकर साहले भक्त्तजनहरुलाई पटका नपड्काइ छठ पर्व शान्तिपूर्वक मनाउन आग्रह गरेका छन् । मधेशी समुदाय मात्र मनाउदै आएको यो पर्वमा यसपटक पहाडी समुदायको पनि पूजामा सहभागिता रहने साहले बताए । उनका अनुसार करिव २० वटा घाटमा पहाडी समुदायले पूजा गर्नेछन् ।

खोलाको दुवै पट्टि बाँस र काठका पुलहरु समेत लगाइएको छ । टेण्ट र घाटदेखि सडकसम्म विद्युतिय सामान जडान गरिएको छ ।

‘छठ पूजा कसरी गर्ने पहाडी समुदायलाई थाहा छैन’, साहले भने–‘विधि विधानका विषयमा हाम्रो समुदायले सिकाईदिएपछि पहाडी समुदायले पनि सँगै पुजा गर्न थालेका छन् । यसपटक पनि पहाडी समुदायको सहभागिता रहनेछ ।’

यसपटक सुरक्षाका व्यवस्था समेत कडा पारिएको आयोजकले जनाएको छ । समितिका पूर्व अध्यक्ष एवम् रामघाट समितिका समेत अध्यक्ष रहेका गोपाल गुप्ताले छठ पूजामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलाबारी र नगर प्रहरीलाई समेत खटाउने गरि मेयर र सुरक्षा प्रमुखहरुलाई जानकारी गराइएको बताए ।

बाणिज्य संघ र हेल्थपोष्ट कार्यालयलाई समेत एम्बुलेन्स तयारी अवस्थामा राख्न जानकारी गराइएको उनको भनाई छ ।

यहि मंसिर १ गतेदेखि सुरु  छठ पूजा ४ गते समापन हुनेछ । १ गते नहाय खाय, २ गते खरना, ३ गते संन्ध्या अर्घ र मंसिर ४ गते पारन पूजा गरेर समापन गरिने समितिका सचिव जितेन्द्रकुमार गुप्ताले बताए ।

छठ पूजा सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका सहसचिव अरुणकुमार साहले जानकारी दिए । मेचीनगर नगरपालिका, घाट र समितिबाट उक्त रकम उठाएर छठ पूजाको तयारी गरिएको उनको भनाई छ ।

यस पटक छठ पूजामा २० हजार भक्त्तजनहरुको सहभागिता हुने अनुमान आयोजकको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार