मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु , श्रीमान घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ चैत्र २०८१, मङ्गलबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा झापाको कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

आज बिहान कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ३९ वर्षीय लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्तीको घटनास्थलमा नै मृत्यु भएको हो । उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुर पनि घाइते छन् । उनको पनि घाँटीमा चोट लागेको छ ।

घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ । लालबहादुरले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि त्यो पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट गएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ । लालबहादुरको परिवार केही महिनाअघि मात्र त्यहाँ आएको थियो । ताप्लेजुङ सिलाम घर भई कनकाई ५ नारायणदल चौक बस्ने योगेन्द्र बस्यालको घरमा २÷३ महिना अगाडीदेखि उनीहरु डेरा गरी बसेका थिए । थप अनुसन्धान तथा घटनास्थल मुचुल्काको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा टोली जाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार