मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

माईधारका नविन रायालाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

झापा शिवसताक्षीका एक व्यक्तिलाई अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं १० माईधार घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. २६ मित्रनगर बस्ने नविन रायालाई हिजो अपरिचित ५/६ जनाको समूहले अपहरण गरेका थिए । उनलाई कुटपिट समेत गरी अपहरणकर्ताबाट पीडित परिवारसंग १८ लाख रुपैयाँ फिरौती माग गरिएको थियो । त्यसबारे गोप्य सूचना काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएको थियो ।

त्यस कार्यालयबाट तत्काल पीडितको उद्दार गरि अपहरणकर्तालाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको थियो । त्यस कार्यालयबाट खटिएको टोलीले हिजो साँझ ६ः३० बजे काठमाडौं नागार्जुन वडा नं. ५ छग्डोलबाट अपहरण भएका रायालाई सकुशल उद्धार गरेको थियो ।

घटनामा संलग्न रामेछाप लिखु तामाकोशी वडा नं. ३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी,सर्लाही लालबन्दी वडा न.४ बस्ने २२ वर्षीय जेनिश चौधरी, चितवन राप्ती नगरपालिका वडा न. २ बस्ने २४ वर्षीय अमित ओली , काभ्रेपलान्चोक भुम्लु वडा न. ८ बस्ने २३ वर्षीय देवकुमार श्रेष्ठ , मकवानपुर बाग्मती वडा नं. ५ फापरबारी बस्ने २० वर्षीय निशान रुम्बा तामाङ, ओखलढुङगा लिखु वडा न. ५ बस्ने २४ वर्षीय निमेश कार्की र अर्घाखाची मालारानी वडा नं. ३ बस्ने २२ वर्षीय प्रदिप पोखरेललाई पक्राउ गरेको हो ।

घटनामा संलग्न उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि आज काठमाण्डौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार