मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मेडिकल व्यवसायी प्रसाईंसहित ५३ जनालाई थप दुई दिन म्याद थप

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

                                                                                                                         फायल फाेटाे

झापा काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको छ । आरोपी प्रसाईंलगायतलाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको हो ।

 गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

प्रहरीले अनुसन्धान सकिए पनि उनीहरूको अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भन्दै म्याद थपका लागि बिहीबार अदालत पेस गरेको थियो । उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ ।

संगठित मुद्दामा अनुसन्धान भएका कारण उनीहरूविरुद्धको मुद्दा ६० दिनभित्र जिल्ला अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार