मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


नक्कली डीएसपी बनेर विहे गरेपछि हिंसा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

झापा झुक्याएर विहे गरेको विवाह पश्चात घरेलु हिंसा गरेको एक महिलाले आरोप लगाएकी छन् झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर सयपत्री टोल निवासी भूमिनाथ सापकोटाले श्रीमती गिता पाण्डे सापकोटामाथि घरेलु हिंसा गरेकाे बताएकी छन् ।

 भूमिनाथ सापकोटाले आफुमाथि हिंसा गरेको उनकाे भनाइ छ आफु जापानमा वैदेशिक रोजगारको सिलसिलामा रहेका बेला विभिन्न माध्यमबाट चिनजान भएका सापकोटाले अनुसन्धान विभागको डीएसपी हुँ भनेर परिचय दिएको बताइन् गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर माइती घर भएकी गिताले डीएसपी भनेपछि पढालेखा भएकै मान्छे होला भन्ने ठानेको पहिलाकी श्रीमतीको क्यान्सरबाट निधन भएको दुई छोरीहरु रहेको बताएपछि उनीहरुको अभिभावकत्व लिने सोँचका साथ विवाह गर्ने निर्णय गरेको बताइन्

गिताले गुल्मीमा क्यान्सर पीडित आमा अनाथ बच्चीलाई पालन पोषण गर्दै आएकी थिइन् अरु आफन्त नभएको छोरीहरु मावलामा बस्ने गरेको भूमिनाथले बताएपछि उनले आमालाईसमेत झापा ल्याउने, मावलामा रहेका भूमिनाथका छोरीहरुलाई पनि एकै ठाउँमा ल्याउने शर्तमा २०७८ भदौ २६ गते काठमाण्डौ चावहिलस्थित गणेश मन्दिरमा भूमिनाथसँग विवाह गरेको बताइन्

जापानमा छँदै जग्गा खरिद गर्नका लागि भूमिनाथको नाममा दुई पटक गरी १५ लाख रुपैँया विवाहपश्चात २०७८ असोज गते आफन्त नेत्रलाल पाण्डेले ३० लाख रुपैँया भूमिनाथलाई पठाएको उनले बताइन् तर सो रकम मध्ये १३ लाख रुपैँयामा १० धुर जग्गामात्र भूमिनाथले गिताको नाममा पास गरिदिए

गिताका अनुसार विवाह पश्चात आमालाई सँगै राख्ने शर्त भूमिनाथले अस्वीकार गरे गितालाई घरेलु हिंसा गर्न थाले उहाँले मलाई तीन पटक कुट्नु भएको , उनले भनिन् विस्तारै भूमिनाथले आफ्नो सम्पत्ति लुकाउन थाले लिँदै नलिएको ऋण देखाएर जग्गा दाजु युवराजको नाममा २०८१ असार १३ गते पास गरेको तर सामाजिक दबाबका कारण युवराजले भदौ १६ गते जग्गा फिर्ता गरेको गिताले बताइन्

महंगो मुल्यमा किनेको गाडीसमेत सस्तो मुल्य राखेर अर्कै व्यक्तिको नाममा सारेको आफुले सुनेको गिताको भनाई

आमालाई साथमा राखेर उपचार गर्न नपाएपछि आफुले भूमिनाथलाई दिएको ४५ लाख रुपैँयामध्ये जग्गा खरिदमा लागेको १३ लाख कटाएर बाँकी रकम माग्न थालिन् तर, भूमिराजले एक हातमा डिभोर्स अर्कोहातमा लालपूर्जा भन्ने गरेको उनको गुनासो आमालाई सँगै राख्ने अवस्था नभएपछि आमा अनाथ बालिकाको पालनपोषणका लागि पैसा पठाइदिन मैले उहाँसँग पैसा मागेँ, उनले भनिन्, तर उहाँ उहाँको परिवारले एक हातमा डिभोर्स पेपर अर्को हातमा लालपूर्जा भनेर माथि अन्याय गर्न थाल्यो

उनले न्यायका लागि पारिवारिक तथा विभिन्न सामाजिक छलफलमा सहभागी भएपनि निष्कर्ष ननिस्किएको बताइन् बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा समेत छलफल भएर रकम फिर्ता गर्ने निर्णय भएपनि भूमिराजले निर्णय कार्यान्वयन नगरेको स्थानीय मुना दाहालले बताइन्

सो रकम भूमिराजबाट फिर्ता लिएर आमाको उपचारमा पठाउने, भूमिराजकी पहिलो पत्नीका दुई छोरीहरुको आफुले आमाको भूमिकामा रेखदेख गर्ने गिताको भनाई आफुले डिभोर्स गर्न नचाहेपनि भूमिराज उनको परिवारले दबाब दिएको उनी बताउँछिन् भूमिनाथको परिवार प्रमाणी भएका कारण आफुपनि प्रणामी भएको आफु दुब्लो हुँदै गएपछि भूमिनाथले सिनो खान नपाएर दुब्लाएकी जस्ता अपशब्द प्रयोग गर्दै गाली गर्ने गरेको उनले भावुक मुद्रामा दुखेसो पोखिन् उनका अनुसार हिंसाका कारण परिवारमा बस्ने अवस्था नभएपछि आफु गत साउन गतेदेखि स्थानीय निर्मल पाण्डेको घरमा शरण लिएर बस्दै आएकी छिन्

स्थानीय मुना सापकोटा भट्टराईले गिता अन्यायमा परेको भन्दै न्यायका लागि सबैले आवाज उठाउनुपर्ने बताइन् भूमिनाथका दाजु हरिप्रसाद सापकोटाले गिता परिवारबाटै पीडित भएको भन्दै उनको न्यायको लागि उचित पहल गर्ने बताए

गिताले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेकाले सुस्त गतिमा सम्पादन हुने कानुनी बाटोभन्दा सामाजिक ढंगबाट न्याय दिलाईदिन परिवार, राजनीतिक दल, जनप्रतिनिधी, अधिकारकर्मी, सञ्चारकर्मी, समाजसेवीलगायत सम्पूर्ण न्यायप्रेमी समुदायलाई आग्रह गरेकीछन्

यस बिषयमा भूमिनाथसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार