झापा । झापाका पूर्व जिल्ला विकास समितिका उपसभापति राेहित सिं राजवंशीकाे निधन भएकाे छ । भद्रपुर ४ निवासी अन्दाजी ६० वर्षीय राजवंशीकाे अाेम साइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचारका क्रममा बिहिबार दिउँसाे साढे २ बजे निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
राप्रपाका संस्थापक जिल्ला सभापति , साविक महेशपुर गाविस अध्यक्ष समेत रहेका राजवंशी केही वर्षयताबाट मृगाैला सम्बन्धी विरामी परेका थिए । राजवंशी ५ भाइ मध्ये माइला सन्तान हुन् भने उनका दुइभाइ छाेरा ,एक बुहारी र श्रीमती छिन् । उनकाे शुक्रबार विहान ११ बजे देउनिया खाेलामा अन्तिम संस्कार गरिने परिवारले जनाएकाे छ ।