मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

आज बरामद भएको खैरो हेरोइन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा धेरै परिमाणको हो।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा दुई राउण्ड हवाइ फायर, तीन जना पक्राउ

देश प्रदेश डेस्क 5188+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / माेरङमा लागुऔषध काराेवारीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा दुई राउण्ड हवाइ फायर गरेर तीन जना पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका-८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशिल बुढाथोकी र ४५ वर्षीया भारतीय नागरिक हसिना खातुन रहेका छन् ।

माेरङकाे रंगेलीमा लागुऔषध किनेबेच गर्न आएकी भारतीय महिला र दुई जना नेपालीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको स्रोतले जानकारी दिएकाे छ।

ब्युरो प्रवक्ता एसपी जनकबहादुर शाहीले घटनाबारे पुष्टि गरे पनि थप विवरण बताएका छैनन् । 

खातुनबाट प्रहरीले ४२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। उनी उक्त खैरो हेरोइन बेच्न नेपाल आएकी थिइन् भने ठाकुर र बुढाथोकी किन्न हिँडेका थिए। 

लागुऔषध नियन्त्रण ब्युरोबाट प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा केही दिनदेखि रंगेली क्षेत्रमा अनुसन्धान गरिरहेको थियो।

उक्त टोलीले लामो समयदेखि खैरो हेरोइन आउने सूचनाको आधारमा पक्राउ गर्ने तयारी गरिरहेको स्रोतले बतायो।

ब्युरोका एक प्रहरी अधिकारीका अनुसार खातुनको परिवार नै तस्करीमा संलग्न छन्। 

‘पुरूष कोही लागुऔषध लिएर आउँछ भन्ने थियो। तर खातुन आइन्,’ ती प्रहरी अधिकारीले भने।

उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो।

हवाई फायर गरेपछि खातुन भने भागेकी थिइनन्।

अहिले बरामद भएको खैरो हेरोइन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा धेरै परिमाणको हो।

एकदेखि तीन सय ग्रामसम्म बरामद भए पनि यो परिमाणको फेला परेको थिएन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार