मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

रवि लामिछानेको स्वास्थ्यमा समस्या, लगियो वीर अस्पताल

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीका उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले उनको स्वास्थ्यमा समस्या देखिएको बताएका हुन्।

‘सभापतिलाई नख्खु ल्याउँदै गर्दा म भारतमा थिएँ। भारतको हैदरावादबाट आज बिहान मात्रै काठमाडौं आएँ। लगत्तै सभापतिलाई भेट्न आएँ। उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ,’ उनले भने। 

सभापति लामिछानेलाई भेट्न सोमबार दिउँसो उपसभापति अर्याल नख्खु कारागार पुगेका थिए।

कारागार स्रोतले पनि सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको जानकारी दियो। सभापति लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको छ। जन्डिसको आशंका हुनेबित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले बतायो।

‘उहाँलाई जन्डिसको आशंका गरिएको छ। रगत झिकेर परीक्षणका लागि नमूना वीर अस्पताल लगिएको छ,’ कारागार स्रोतले भन्यो।

सहकारी ठगी प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु ल्याइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार