मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन

भेषराज नेपाल 40+ समाचार ( )
३० चैत्र २०८२, सोमबार

झापा/ झापाका प्रतिनिधिसभा सदस्यद्वय प्रकाश पाठक शम्भु ढकाल सुस्केराले जनसरोकारसँग प्रत्यक्ष जोडिएका सरकारी कार्यालयहरूको स्थलगत अनुगमन गरेका छन्। सेवाप्रवाहमा देखिएका समस्या, ढिलासुस्ती तथा विचौलियाको प्रभावबारे बुझ्न उनीहरूले बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय, साल्ट ट्रेडिङ लिमिटेड, कृषि सामग्री संस्थान तथा भद्रपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयको निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा सांसदद्वयले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै कार्यालयहरूमा हुने ढिलासुस्ती, अनावश्यक झन्झट, र विचौलियाको चलखेलबारे गुनासा सुनेका थिए। कतिपय सेवाग्राहीले सामान्य कामका लागि समेत दिनौं धाउनुपर्ने बाध्यता रहेको, फाइल अगाडि बढाउन अनौपचारिक दबाब र खर्चको अपेक्षा हुने गरेको गुनासो गरेका थिए।

यसैगरी, सम्बन्धित कार्यालयका प्रमुख र कर्मचारीहरूसँग छलफल गर्दै सांसदहरूले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा चासो व्यक्त गरेका थिए। उनीहरूले अनियमितता र ढिलासुस्ती अन्त्य गर्न कडाइका साथ काम गर्न निर्देशन दिँदै नागरिकमैत्री सेवा दिन आग्रह गरेका थिए।

सांसद पाठक र ढकालले यस्ता अनुगमनलाई निरन्तरता दिने र जनताको प्रत्यक्ष समस्या समाधानतर्फ थप पहल गर्ने बताएका छन्। साथै, सुधार नदेखिए सम्बन्धित निकायलाई जिम्मेवार बनाउने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार