मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा ट्याक्टर र काठसहित चालक पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

झापा । झापामा केही दिनदेखि काठ तस्करी बढेको छ । हिजो बुद्धशान्तिमा एक ट्याक्टर अवैध काठसहित दुईजना पक्राउ परेको भोलिपल्ट मेचीनगरमा फेरि एक ट्याक्टर अवैध काठसहित एक जना पक्राउ परेका छन् ।

आज बिहान ६ः५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- १० निन्दा पुलमा प्रदेश १–०२–००३ त १८१२ नम्बरको ट्याक्टरमा आँप,कदम, छतिउनलगायत विभिन्न जातको गोलिया काठ ८३ थान (१२६ क्यु.फिट)फेला पारेको छ । चेकजाँच गर्दा स्थानीय वडा कार्यालयको बिल तथा आवश्यक कागजातहरू नभएकोले उक्त ट्याक्टरका चालक मेचीनगर २ बस्ने अन्दाजी २३ वर्षीय तेजबहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

यसअघि हिजो साँझ बुद्धशान्तिमा एक ट्याक्टर अवैध काठसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा ट्याक्टर चालक बुद्धशान्ति गाउँपालिका-४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय धनाहाङ लिम्बू रहेका छन् ।

हिजो साँझ ५.४० बजेको समयमा जिल्ला बुद्धशान्ति- ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ नम्बरको ट्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान (५८.२२ क्यु फिट) लोड भएको अवस्थामा फेला पारी ट्याक्टर,ट्याक्टर चालक विश्वकर्मा र ट्याक्टरमा सवार लिम्बूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार