मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

देश प्रदेश डेस्क 5189+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ ।

सभापति लामिछानेसमेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना रहेको छ ।

बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो ।

थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।

उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्की स्रोतले बतायो ।

लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर र आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।

उनीहरुविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।देशकाे न्युजबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार