मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

ट्रकको ठक्करबाट विराटनगरमा पैदलयात्रीको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

                                                               साङ्केतिक तस्वीर

झापा   ट्रकको ठक्करबाट आज दिउँसो विराटनगरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बू रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

जिल्लाका  डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिकै पैदलयात्रीलाई दिउँसो ४ः१० बजेतिर ठक्कर दिएको हो। बाटो क्रस गर्दै गरेका बेला ट्रकले ठक्कर दिँदा  लिम्बू गम्भीर घाइते भएका थिए।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको  डीएसपी जोशीले बताए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। दुर्घटनालगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार