मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

काठमाडाैंमा गाेली चल्याे, दुई जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ श्रावण २०८३, आइतबार

झापा / काठमाडौँको कुलेश्वर पुल नजिकै आइतबार दिउँसो प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले विशेष सूचनाका आधारमा चलाएको अपरेशनका क्रममा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्। प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यसरी भयो घटना
ब्यूरोका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको विशेष टोलीले कुलेश्वर पुल क्षेत्रमा निगरानी बढाएको थियो। लागुऔषध खरिदबिक्री भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण गर्ने र भाग्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो।
लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार कारोबारीहरूलाई पक्राउ गर्न प्रहरीले २ राउण्ड गोली प्रहार गरेको थियो। 
ठूलो परिमाणमा लागुऔषध बरामद
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरेको छ। उनीहरूको साथबाट प्रतिबन्धित 'ट्रामाडोल' (Tramadol) र 'टेपान्डोल' नामक फर्मास्युटिकल लागुऔषधका हजारौँ एम्पुलहरू जफत गरिएको छ। 
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी ब्यूरोले थप कानुनी कारबाही तथा नेटवर्क अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार