उपचारमा गएकी धमला माथि विपी प्रतिष्ठानमा आक्रमण, केही महिला पक्राउ
३ श्रावण २०८१, बिहीबार
झापा / धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गएकी संजिता धमला माथि आक्रमण भएको छ।
मेयर
हर्क साम्पाङ राईका सहयोगी श्रमदाता महिलाहरुको समुहले विहीबार दिउँसाे १ बजेतिर
प्रतिष्ठानको एक्स -रे विभागमा उपचार गर्ने लाईन बसिरहेको मौका छोपेर उनलाई
आक्रमण गर्ने प्रयास गरेका थिए।
धमलाले उक्त महिलाहरुको भिड देखेपछि एक्स -रे गर्ने रुम भित्र छिरेर ज्यान जोगाएकी थिइन्।
आक्रमण
गर्ने महिलाहरुलाई ईलाका प्रहरी कार्यााल धरानले प्रकाउ गरेको छ। प्रकाउ
पर्नेमा मुना राई,प्रमिला राई र मुना वि.क लगायत अन्य महिलाहरु रहेका छन्। ब्लाष्ट खबरबाट