मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

आजदेखि श्रमाधान रोजगार मेला सुरु

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।  बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताए । 

“वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।”

त्यस्तै, श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रम मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुःखद विषय भएको बताएका छन् ।

श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने उनले विश्वास व्यक्त गरे । ‘युवालाई विदेश पठाउन घर घर, गल्ली गल्ली गएर खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘तर आन्तरिक रोजगारीका लागि कतैबाट खासै पहल भएको पाइँदैन, हामीले यसमा परिवर्तन ल्याउन जरुरी छ, मेला यसको सुरुवात बन्ने विश्वास छ ।’

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न केही अघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए ।

कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरूमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए । ‘मेलाले कतिलाई रोजगारी दिन्छ भन्ने होइन, केही न केही सुरुवात गरौँ भनेर हो,’ उनले भने, ‘आगामी वर्ष यसलाई निकै व्यवस्थित गरेर लैजान्छौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए । श्रमाधान रोजगार मेलाका अवसरमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सके रोजगारीका प्रशस्त अवसर सिर्जना हुने र मेलाले सार्थकता पाउने बताएका हुन् ।

रोजगार मेला रोजगारदाता र रोजगारीका खोजीमा रहेका व्यक्तिको मिलनबिन्दु हुने उनको विश्वास छ । अध्यक्ष ढकालले रोजगार मेलामा आयोजकका रूपमा सहभागी हुन पाउनु निजी क्षेत्रका लागि गौरवको विषय भएका बताए । लगानी तथा रोजगारी बढाउनका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भनेर महासङ्घले दिएको सुझावलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै उनले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार