मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

पत्रकार रेग्मी र लामालाई डि कौडिन्य पत्रकारिता पुरस्कार

देश प्रदेश डेस्क 5095+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

झापा झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ ।

बिर्तामोडमा साेमबार आयोजित एक कार्यक्रमका बीच रेग्मी र लामालाई नगदसहित डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो, सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम लगायतले वितरण गरे ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले सो पुरस्कार स्थापना गरेको हो ।

रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् । लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेशका सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आङबोले पुरस्कृत पत्रकारलाई शुभकामना व्यक्त गरेका थिए ।

सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै