मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा ६ जना फरार प्रतिवादी पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ पौष २०८०, सोमबार

झापा झापामा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चारजना पशुपंक्षीसम्बन्धी र दुई जना लागूऔषध मुद्धाका अभियुक्तहरु रहेका छन् । पशुपंक्षीसम्बन्धी कसुर मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सुवास दर्जी,सोही ठाउँका ३२ वर्षीय सुनिल भन्ने दिलिप विश्वकर्मा,३५ वर्षीय धने भन्ने धनबहादुर तोलाङ्गे र ३१ वर्षीय टार्जन भन्ने पूर्णबहादुर सार्कीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई झापा जिल्ला अदालतको गत असार २८ गतेको फैसला अनुसार जनही १ बर्ष कैद तथा पीडित राहत कोषमा रु. २००जम्मा गर्नु पर्ने सजाय तोकिएको थियो ।

त्यस्तै लागूऔषध मुद्धामा सजाय तोकी फरार रहेका ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ घर भई हाल दमक नगरपालिका वडा नं.१ बस्ने २३ वर्षीय कमल घिमिरे र सोही ठेगाना भएकी २० वर्षीया रेणुका घिमिरेलाई प्रहरीले आइतवार पक्राउ गरेको छ । उनीहरुलाई झापा जिल्ला अदालतको मंसिर १८ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा जनही १० महिना कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो । पक्राउ परेका ६ जनालाई नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार