मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

करेन्ट लगाएर माछा मार्दा झापाको बुद्धशान्तिमा एकको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

                                                                                                             साङ्केतिक तस्वीर

झापा  करेन्ट लगाएर माछा मार्दा झापाको बुद्धशान्तिमा एकजनाको मृत्यु भएको छ ।

गएराति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नं.१ नमुना बस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी गाउँपालिका वडा नं.३ घर भएका अन्दाजी २० वर्षका सुशिल लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । बुद्धशान्ति गाउँपालिका वडा नं.१ दामा खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कामदार लिम्बूले आफू बस्ने छाप्राबाट बिजुलीको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति १०ः५० बजे मृत्यु भएको हो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार